चोकमा मिलेर बसे राजा र प्रजा: माथि लखन तल पृथ्वी
पाेखरा | माघ ६, २०७९
पोखराः ४ वर्षअघि जनयुद्ध दिवसको भोलिपल्ट अर्थात् फागुन २ गते पोखराको पृथ्वीचोक भनि परिचित स्थानमा रातारात लखन थापाको शालिक ठडियो । त्यसयता लखनचोक भनेर चिनिँदै आएको छ पृथ्वीचोक ।
सोही वर्षको दशैंताका पोखरा महानगरले यातायात व्यवस्थापन गर्ने भन्दै मध्यरातमा थापाको शालिक हटाएको थियो । प्रथम सहिद थापाको शालिक हटाइएपछि मगर संघले आन्दोलनको बलमा पुनः शालिक ठड्याउन सफल भएको थियो ।
उक्त शालिक महानगरको खर्चमा मगर संघले निर्माण ग¥यो । थापालाई प्रथम सहिद भनेर सरकारले मान्यता दिइसकेको छ ।
गोरखा काउलेस्थित भंगाराका थापा राणा शासन विरुद्ध लाग्दा सहिद भएका हुन् । ०६४ वैशाखमा नेकपा माओवादीको भातृ संगठन वाइसियलले राजा पृथ्वीनारायण शाहको शालिक फोडेको थियो ।
त्यसको लामो समयपछि गत निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाएको मत र राजनीतिक घनचक्करबीच नेकपा माओवादी केन्द्र र नेकपा एमालेसँग उसको घाँटी जोडिएपछि राजनीतिक डिस्कोर्स बदलिएको छ ।
फलतः पुस २७ गते सरकारले राष्ट्रिय एकता दिवस मनाउँन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दियो । सोही दिन पोखरामा राप्रपा र राजा पक्षधरहरुले लखनचोकमा औपचारिक कार्यक्रम गरी थापाको शालिक मुनि फ्लेक्समा पूर्वराजालाई सजाएका छन् ।
अहिले उक्त स्थानमा तत्कालीन राजा र प्रजा मिलेर बसेका छन् । पुर्णकदमा माथि प्रजा र तल राजा छन् ।
गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

